सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न गृहमन्त्रीलाई बालेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न गृहमन्त्रीलाई बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

बिहिवार एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली मन्त्रालयमा गएर यस्तो आग्रह गरेका हुन । मेयर शाहले मंसिर १२ मा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाउनुभएको थियो ।

गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने बताउनुभएको थियो । वस्ती हटाउदाँ हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उहाँको धारणा थियो । बस्तीको विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णयतर्फ जानुपर्ने गृहमन्त्री लामिछानेले बताउनुभयो ।

यसअघि सुकुम्बासी वस्ती हटाउन महानगरले गरेको अनुरोधलाई गृहमन्त्रालयले हालकै अवस्थामा सुकुम्बासी बस्ती हटाउन सहयोग नगर्ने जवाफ दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);