काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको स्थायी कमिटिको बैठक सुरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेम संयोजक सुर्य किरणले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बिहान ११ बजेका लागि बोलाईएको बैठक ढिलोगरि सुरु भएको हो ।
बैठकमा सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनःगठन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।