वीरगंज, १२ माघ । नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले वीरगंजमा प्रदर्शन गरेकोे छ । मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली दिन र सरकारलाई खबरदारी गर्न वीरगंजमा प्रदर्शन गरिएको हो ।
स्वदेशमै केही गर्ने भनेर लागेका उनलाई राज्य र नीजि क्षेत्रले ‘मर्न बाध्य पारेको’ भन्दै नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिले प्रदर्शन गरेको हो। उनीहरूले बुधबार बेलुका ४ बजे देखि वीरगंज घन्टाघर देखि आदर्शनगर सम्म प्रदर्शन रेली निकालिएको थियो।
प्रदर्शनमा वीरगंजका युवाहरु लगायत विभिन् संघ संस्थाका युवाहरुको पनि सहभागी रहेको थियो । सामाजिक सञ्जाल फेसबुकमा लामो विज्ञप्ति लेख्दै आर्चायले मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारका क्रममा बुधबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो।
यस प्रति नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटिको धयान आकर्सन भएको थियो । यो आत्मदाहको लागि उकसाउने दोसिमाथि अबिलम कारवाहीको माग गर्दै प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारलाई प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, पर्साको मार्फत ज्ञापन पत्र बुझाइएको छ । साथै उपरोक्त माग सम्बोधन नभएमा नेपाल खेलकुद महासंघ वीरगंज महानगर कमिटि चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने छ समेत उलेख गरिएको छ ।
साथै आउने दिनमा युवाको एस्तो अवस्था न आउँनदिन सरकारको धयान आकर्सन समेत गराएका छन । प्रेमप्रसाद आचार्यलाई न्याय देउ ?, अर्को जल्दो शरिर मेरो नहोस ।, दलाल पाल्न पाइदैन ।, यो आत्महत्या होइन हत्या हो।, खबर दार सरकार अब दलाल पालन पाइदेन।, कि यो संकट रहदै न कि म।, “उधमशिल नेपाल“ नारामात्र हो सरकार ?भन्दै उनीहरुले नारा लगाएका थिए ।
बाहालमा लाएका घरहरुलाइ अनिबार्य कर । घर बाहाल लिदा घरधनिले लिने कर गैरकानुनी हो, त्यसको अन्त्य हुनुपर्नेलगायतका माग राखेका छन् ।




