वसन्ती पन्चमीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वसन्ती पन्चमीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं, १२ माघ । राष्ट्रपति विद्या भण्डारीले वसन्ती पन्चमी तथा सरस्वती पूुजाको अवसरमा स्वदेश एवम् विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले यो पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्वास लिएकी छिन् ।

आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो । सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको छ । सरस्वती प्रकाशोत्सवले एकातिर हाम्रो सभ्यतामा शिक्षा र कलाको महत्त्व दर्शाउँछ भने अर्कोतिर मातृशक्ति नै ज्ञान निर्माणको आधारभूत स्रोत रहेको पक्ष पनि उजागर गर्दछ । प्रकाशबाट विविध रङ्गहरू जन्मिए भने रङ्गबाट मानिसले कलाका बहुआयाम विकास ग¥यो । सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ । ब्रम्हाण्डमा नाद अर्थात् ध्वनी मात्र सर्वव्यापक छ । यन्त्र र नादको लयबाट संगीतको रचना भएको वैदिक मान्यता पाइन्छ । अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ । क्षय नहुने रचनालाई अक्षर भनिन्छ । लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ ।

त्यसैकारण, वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला–सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको छ । नवीन कार्यको प्रारम्भ गर्न र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन रहिआएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);