‘पर्वले सभ्य‚ सुसंस्कृत समाजको निर्माण गर्न प्रेरणा मिलोस’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

‘पर्वले सभ्य‚ सुसंस्कृत समाजको निर्माण गर्न प्रेरणा मिलोस’

काठमाडौं । माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएकी छिन् । राष्ट्रपति भण्डारीले विभिन्न पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखेकी छिन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्वहरूले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीले विश्वास लिएकी छिन् ।

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वहरूले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भण्डारीले जारी गरेको सन्देशमा उल्लेख छ । माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । विशेष गरी‚ थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईबासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वको रूपमा मनाउने गर्दछन् ।

आजको दिन पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गरेपश्चात् घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता परिकारहरू खाई रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ । माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने उनको विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);