आमाबुबाको हेर विचार र स्याहार गर्नेलाई पुण्य प्राप्त हुुन्छ : मदनकृष्ण श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

आमाबुबाको हेर विचार र स्याहार गर्नेलाई पुण्य प्राप्त हुुन्छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । आमाबुवा सबै भन्दा ठुला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गरेका छन् । श्रेष्ठले आमाबुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउदै युवा पुस्तालाई व्यक्तिवादि स्वार्थबाट माथि उठ्न आग्रह गरेका हुन् ।

ललितपुरको लामाटार क्षेत्रमा आज जेष्ठ नागरिकलाई कम्वल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय जेष्ठ नागरिकहरु अपहेलित हुनु परेको बताए । लामाटार कृषि वहुउद्देशीय सहकारी संस्थाले आज लामाटारको राममन्दीर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढि जेष्ठ नागरिकलाई जाडोमान्यानो हुने कम्वलवितरण गरेको हो ।

संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राममन्दिर परिसरमा न्यानो हुने कम्वल प्रदान गरि जेष्ठ नागरिकको सम्मान गरेर आफुहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रतिनै भैरहेको अविस्वासको अन्त्यगर्न खोजेको धारणा राखे । संस्थाका संचालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हकहितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);