‘स्पट फिक्सिङ’ प्रकरणः छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझाँयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘स्पट फिक्सिङ’ प्रकरणः छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझाँयो

काठमाडौं । नेपाल टी –२० लिग क्रिकेटमा देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न गठित कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

राखेपको कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन कार्यदलले बुधबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टी–ट्वान्टी लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐनको व्यवस्थाको पालना भएको नदेखिएको उल्लेख छ ।

कार्यदलको प्रतिवेदनले प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपु¥याइ गरिएको नेपाल टी–ट्वान्टी लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको छ । नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सीआईबीबाट भईरहेको अनुसन्धानबाट प्राप्त निश्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउने निर्णय कार्यदलले गरेको छ ।

कार्यदलको प्रतिवेदनमा सरोकारवाला निकाय एवं अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीसँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख गरिएको छ । छानबिन समितिले नेपाल क्रिकेट संघ क्यान कार्यसमिति विघटनसम्मको कारबाही गर्न सुझाव पनि दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);