रामहरीलाई महासेठको काउन्टर– कोइरी अपराधी हो भने देउवा सरकारले किन कारबाही गरेन ? | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

रामहरीलाई महासेठको काउन्टर– कोइरी अपराधी हो भने देउवा सरकारले किन कारबाही गरेन ?

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सचिव रघुवीर महासेठले हत्याको आरोपमा फरार रहेका पार्टीका सांसद लक्ष्मी महतो कोइरीको बचाउ गर्नु भएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतले दोषी करार नगरेको भन्दै सांसद महतोलाई पक्राउ गर्ने हो भने त्यसमा आफ्नो पार्टीका कुनै पनि नेताहरुले बाधा, अवरोध नपु¥याउने समेत स्पष्ट पार्नु भयो । सचिव महासेठले शेरबहादुर देउवा नेतृत्वको सरकारले समाजसेवी पदक दिनका लागि सिफारिस गरेको व्यक्ति कसरी अपरोधी भयो ? पनि पटकपटक प्रश्न समेत गर्नु भयो । महतोलाई महोत्तरीका शोषित पीडित जनताले लक्ष्मी पूजाको दिनमा लक्ष्मीलाई पुजा गरेर जसरी सम्मान गरिरहेको बेला उहाँमाथि अपराधी करार गर्ने काम सांसदहरुले गर्न नहुने उहाँको तर्क थियो । सचिव महासेठले नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाप्रति लक्षित गर्दै सांसद महतो अपराधी हो भने देउवा नेतृत्वको सरकारले किन कारबाही गरेन ? भनेर विचार गर्न पनि आग्रह गर्नु भयो । सांसद महतो हाल पार्टीको सम्पर्कमा नरहेको भन्दै उहाँले कानुन बमोजिम उहाँलाई कारबाही गर्न सरकारलाई पार्टीको तर्फबाट कुनै पनि अवरोध नहुने स्पष्ट पार्नु भयो ।

सचिव महासेठले शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुको नामै लिएर अपराधी भनेर आरोप लगाइएका नेताहरुले प्रधानमन्त्री भएर मुलुक चलाएको स्मरण गर्न पनि सांसदहरुलाई सचेत गराउनु भयो । उहाँले अदालतले पुष्टि नगरेसम्म सांसद महतोलाई दोषी करार गर्ने काम नगर्न पनि अनुरोध गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);