राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले श्रेष्ठलाई सोमबार राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराउनुभएको छ ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गर्नुभएका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गर्नुभएको छ ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ २०४२ सालमा नेकपा ९मसाल० को केन्द्रीय सदस्य बन्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्त गरिसक्नु भएको छ । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);