सभामुखका लागि सबैभन्दा उपयुक्त पात्र ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सभामुखका लागि सबैभन्दा उपयुक्त पात्र ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला

काठमाडौं, माघ ५ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई झैँ काँग्रेस सभामुख उम्मेदवार ईश्वरी न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताएका छन् । संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने पनि उनको दाबी छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको समर्थनमा बोल्दै न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्नेमा जोड दिएका हुन् ।

ज्वालाले आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरूलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्न पनि आग्रह गरे ।

न्यौपानेले राम्रो र सशक्त भूमिका निर्वाह गर्ने बताउँर्दै सभामुख पदका लागि उनी सबैभन्दा उपयुक्त पात्र भएको जिकिर गरे । नेकपा माओवादी केन्द्रले मत दिने पनि विश्वास व्यक्त गरे ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);