'आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो परिकल्पना हो की होइन ?' | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

‘आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हाम्रो परिकल्पना हो की होइन ?’

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा प्रधानमन्त्रीले सभामुखको सहयोग पाइन भन्ने दिन आउन दिन नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखको उम्मेदवारमा ईश्वरी देवी न्यौपानेलाई प्रस्ताव गर्ने क्रममा शर्माले आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग पनि गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो की होइन भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा कांग्रेसले पनि बिश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले माछा जालबारे गरेको ब्यंगको जवाफ दिदै शर्माले माछा जालमा पार्ने कांग्रेसको कुनै सोचाई नरहेको स्पष्ट पारे ।

शर्माले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने पनि जानकारी गराए । एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई काम गर्न नदिन पिजडा बनाउन खोजेको उनको आरोप थियो ।

Leave a Reply

ताजा समाचार