राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा प्रवक्ता ज्ञानेन्द्र शाही मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई पार्टीको संसदीय दलको विधान बमोजिम प्रमुख सचेतकमा मनोनित भएका हुन् ।

पार्टीका प्रवक्ता समेत रहेका उनी गत मंसिरमा जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले सत्तागठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए ।

लिङदेन आफू मन्त्रीमा नियुक्त भएपछि सचेतकको जिम्मेवारी शाहीलाई दिएका हुन् । मंगलबार लिङदेनसहित राप्रपाबाट विक्रम पाण्डे, दीपकबहादुर सिंहले मन्त्रीको शपथ लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);