एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो । उहाँले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित हुनुभएको बताउनु भयो । अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);