नेकपाको प्रमुख सचेतकमा गुरुङ हटाएर भट्टराई नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाको प्रमुख सचेतकमा गुरुङ हटाएर भट्टराई नियुक्त

काठमाडाैं, १४ ,फागुन । नेकपाका दुबै पक्षले अर्का पक्षका नेता तथा पदाधिकारीहरु कारवाही तथा बर्खास्ती गर्ने होडले अझै निरन्तरता पाएको छ । यसको पछिल्लो उदाहरण हो पार्टीका प्रमुख सचेतक बर्खास्ती र नियुक्ति प्रकरण ।

शुक्रबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले र देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । ओली समुहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरिएको जनाएको छ । शुक्रबार प्रदेश १ का आफु निकट सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई हटाइएको जानकारी गराएको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);