पेट्रोलको मूल्य बढेर आयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पेट्रोलको मूल्य बढेर आयो

petrol

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

पन्ध्र/पन्ध्र दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो । आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार डिजेलमा भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ रहदाँ सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको छ ।

केही समय अगाडिमात्र आईओसीले ईन्धनको मूल्य घटाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);