ओसिनका बुबाआमा शव बुझ्न पोखरा पुगे | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

ओसिनका बुबाआमा शव बुझ्न पोखरा पुगे

काठमाडौं । आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ । यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना नबित्दै ओसिनको अकल्पनिय मृत्यु भएको हो ।
जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ ।

छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी रहेका छन् । छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएको भण्डारीले बताए । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।

भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त ओसिनका बुवाका चार जना दाजुभाई छन् । ओसिनका ठूला बुबाहरु पनि शव बुझ्न माडीबाट पोखरा जाँदै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);