सौराहा, ११ पुष । चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ।
मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन अघि सौराहामा हात्तीका साथै विभिन्न संस्कृति झल्किने झाँकीसहितको र्याली निकालिएको थियो।
सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।