दुर्घटनाका कारण मैतीदेवी चोकमा बत्ती रोकियो, बेलुकासम्म बत्ती आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ११ पुष । आज बिहन बस दुघर्टना हुँदा मैतीदेवी चोकमा रहेका पोल ढलेपछि मैतीदेवी क्षेत्रमा बिजुली रोकिएको छ ।

तीव्र गतिमा आएको बसले मैतिदेवी चोक र धोबीखोला पुलको बीचमा रहेको बिद्युत पोलमा जडित ट्रान्सफर्मर ९ हजार २ सय ५० केभिए क्षमताका तीन वटा पोलसहित ट्रान्सफर्मर लडाएको थियो ।

 

पोल ढलेपछि त्यस क्षेत्रमा बिजुली प्रवाह रोकिएको छ । प्राधिकरणले पोल गाड्ने र ट्रान्सफर्मर जडानका लागि रेपिड एक्सन टिम परिचालित गरिसकेको जानकारी दिएको छ । प्राधिरकणले दिनभरमा बिजुली वितरण गरिसक्ने गरि काम भैरहेको जनाएको छ । दिनभरी बिजुली नहुँदा ग्राहकलाई पर्न गएको मर्काप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 

जोरपाटीबाट कालिमाटी जाँदै गरेको बस मैतीदेवीस्थित पेट्रोल पम्पनजिकै विद्युतको पोलमा ठोक्किएर पल्टिंदा घाइते भएका १७ मध्ये चार जनाको अवस्था गम्भीर छ । तीव्र गतिको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस अनियन्त्रित भई पोलमा ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ । बस दुर्घटनामा परी नारायणप्रसाद दाहाल, सावित्री थापा, कमला महत, हरिशरण फुँयाल, यज्ञराज खतिवडा, मनोज पौडेल, तेजकुमारी चालिसे लगायत घाइते भएका छन् ।

 

घाइतेहरुको वीर र नर्भिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबै तरकारी पसले हुन् । उनीहरु बस रिजर्भ गरेर विहान ३ बजे तरकारी लिन कालिमाटी जाँदै थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);