काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न पाटक उच्च अदालतले आदेश दिएको हो ।
पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका छन्।
उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ लगायतले बहस गरेका थिए ।
अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले मुद्दा चल्दासम्म विदेश जान भने नपाउने आदेशमा भनिएको छ ।
सन्दीप नाबालिग बलात्कारको आरोपमा पुर्पक्ष थुनामा छन् ।