काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने क्रम चलिरहेको छ ।
प्रधानमन्त्री दाहालले संसदको रोष्टममा उभिएर विश्वासको मत आह्वान गरिसकेका छन् । दाहालले विश्वासको मत मागेसँगै अन्य दलका सांसदहरुले आफ्ना भनाईहरु राखिरहेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवाले आफ्ना भनाईहरु राख्दै दाहाललाई विश्वासको मत दिने जानकारी दिदै बधाई तथा शुभकामना दिए ।
देउवा पछि सत्ता साझेदारी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना भनाईहरु राखेका छन् । संसदमा बोल्दै ओलीले कांग्रेसको समर्थनमाथि शंका व्यक्त गरेका छन् ।
उनले कांग्रेसले दिएको विश्वासको मतमा सदासयता बाहेक अरु कुरा छैन् भने स्वागत योग्य रहेको बताए । उनले यदी यो सदासयता जाल हो भने यो जालको कुनै अर्थ नरहने टीप्पणी गरे । ‘यदी यो जाल हो भने । माछा नभएको खोलामा जाल हाने झै हुनेछ’, उनले भने ।