काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री भएको दाहाललाई बधाई दिदै विश्वासको मत पाउने बताएका हुन् । ओलीले प्रचण्डलाई सहज परिस्थिति भने नरहेको बताएका थिए ।
प्रतिनिधि सभा निर्वाचन अघि र पछि हेर्दा देशले नयाँ परिवर्तन खोजेको भन्दै उनले जनताको चाहाना अनुसार नयाँ पार्टीहरुको उदय भएको जिकिर समेत गरे । ‘परिवर्तनको अपेक्षा जनताले गरेकै देखिन्छ, नयाँले उन्नती गर्ने खालको एक किसिमको ट्रेन नै चलेको छ ।’, ओलीले भने,‘ देशमा उन्नती गर्न र जनताका निम्ति सरकार चाहिन्छ । काम गर्नका लागि सरकार चाहिन्छ हाम्रो लागि होइन ।’