कर्णालीमा पुस २७ सम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कर्णालीमा पुस २७ सम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका हुन् ।

प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आवह्वान भएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्य ४० रहेको छ । माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ । यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);