बाग्मतीमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बाग्मतीमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

काठमाडौं । बाग्मती प्रदेश प्रमुखले ४ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आगामी पुस २५ गते सोमबार अपरान्ह्र ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्।
शर्माले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभामा कुनै पनि दलले बहुमत नल्याएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);