प्रदेश प्रमुखद्वारा पुस २७ गतेसम्म सुदूरपश्चिम सरकार गठनको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश प्रमुखद्वारा पुस २७ गतेसम्म सुदूरपश्चिम सरकार गठनको आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा नेपाली कांग्रेस १९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एमाले) १०, नागरिक उन्मुक्तिको ७, नेकपा (एकीकृत समाजवादी) ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । एमाले, माओवादी र नागरिक उन्मुक्तिको सरकार बन्ने निश्चित छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);