प्रधानमन्त्रीको मौखिक निर्देशनले काम गरेन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीको मौखिक निर्देशनले काम गरेन ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ , पौष २१। कोरोना भाईरस विश्वव्यापी बनेसँगै चीनले सुन्य कोभिडको नीति लिएको थियो । राज्यको उक्त नीतिका कारण जनजीवन कष्टकर बनेको, कोरोना संक्रमणका कारण भन्दा अन्य कारण मृत्यु हुने गरेको भन्दै चिनियाँहरुले ठुलो विरोध चर्काए । नोभेम्बरमा आगलागीका कारण १० जनाको मृत्यु भएको घटनापश्चात जनता थप आक्रामक रुपमा विरोधमा उत्रिए जसले चीन सरकारला शुन्य कोभिड नितिबाट पछि हट्न वाध्य बनायो । सरकारले जनवरी आठदेखि चीन भित्रने यात्रुहरुले क्वारेन्टिन बस्नु नपर्ने पनि जनाएको छ । राज्यको यो निर्णयले जीवन केहि सहज हुने अपेक्षा त थियो तर ठिक विपरित अहिले कोरोना थप भयावह बन्दै फैलदो छ ।

कोरोना संक्रमण मात्र नभई मृत्युपनि बढ्दो छ । यस्तोमा चीनले दिएको तथ्याङ्कलाई लिएर व्यापक आलोचना भईरहेको छ । चीनले गत डिसेम्बर २४ मा सार्वजनिक गरेको दैनिक कोरोनाको तथ्याङकमा पाँच हजार संक्रमित देखाएको छ । तर, जानकारहरुको भने चीनमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लाखौंमा हुनसक्ने अनुमान रहेको छ । विश्व स्वास्थ्य संगठनका टेड्रोस अध्यनोम गेब्रेसियसले बारम्बार ट्वीट गर्दै चीनलाई वास्तविक तथ्याङक सार्वजनिक गर्न अनुरोध समेत गरिरहेका छन् ।

ईजरायल, अमेरिका, दक्षिण कोरिया, जापान, मलेसिया, ताईवान, भारत, ईटाली, स्पेन, फ्रान्स र युकेले चिनमा कोरोनाको वृद्धि तिब्र रहेको र भाईरसको म्युटेसनको खतरा थप बढ्ने भन्दै चिनियाँ यात्रुलाई कोभिडको नेगेटिभ रिपोर्ट अनिवार्य गरेका छन् । चीनले भने यसलाई राजनितिक प्रेरित भनेको छ । कोरोना परिक्षणको नियम लागु गरेर आफ्ना नागरिकमाथि विभेद गरेको आरोप लगाउँदै समय आउँदा यसको बदला लिने चेतावनी समेत चीनले दिएको छ । बढ्दो कोरोना संक्रमण फेरीपनि व्यपक बन्दै छ । सँगै चीन र कोरोना परिक्षणको नियम लागु गर्ने राष्ट्रबिच सम्बन्ध चिसिने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);