कोरोना भाइरसका कारण मृत्यु हुनेको सम्झनामा चीनमा राष्ट्रिय शोक मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको सम्झनामा चीनमा राष्ट्रिय शोक मनाइयो

china mourns corona victims

एजेन्सी, २२ चैत । चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाएको छ । मृतकको सम्झनामा विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइयो छ भने सार्वजनिक र औपचारिक कार्यक्रम समेत नगरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाएइको चीनको राज्य परिषदले जनाएको छ । शनिबार तीन मिनेट मौनधारण गर्नुका साथै साइरन र घण्टीहरु बजाइएको थियो ।

चीनमा कोरोना भाइरसबाट हालसम्म तीन हजार तीन सय मानिसको मृत्यु भएको छ । चीनले यसअघि सन् २००८ मा दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा आएको भूकम्पमा परेर मृत्यु भएका ६९ हजार मानिसको सम्झनामा विश्वव्यापी रुपमा शोक मनाएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);