चीनमा ३५ दिनमा कोरोनाबाट ६० हजारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

चीनमा ३५ दिनमा कोरोनाबाट ६० हजारको मृत्यु

एजेन्सी । चीनमा कोरोनाको प्रकोप बढ्दै गइरहेको छ । पछिल्लो एक महिनामा चीनमा करिब ६० हजार जनाको मृत्यु भएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले शनिबार मात्र एक महिनामा लगभग  ६०,००० कोविड–सम्बन्धित मृत्युको रिपोर्ट गरेका छन्। सरकारले गत डिसेम्बरको सुरुमा कोभिड प्रतिबन्धहरू खुकुलो गरेपछि सरकारले यति ठूलो संख्यामा मृत्युको रिपोर्ट गरेको यो पहिलो पटक हो।

नेशनल हेल्थ कमिसन अन्तर्गत मेडिकल एडमिनिस्ट्रेशन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमा चीनले ८ डिसेम्बर २०२२ र यस वर्ष जनवरी १२ सम्म कोविड–सम्बन्धित ५९,९३८ मृत्यु रेकर्ड गरेको छ।
जियाओ याहुईले भने, “यो संख्या चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूको मात्र हो, र यो संख्या धेरै हुन सक्छ। जसमा भाइरसबाट प्रत्यक्ष रूपमा हुने श्वासप्रश्वासको समस्याका कारण ५ हजार ५०३ र कोरोनालगायत अन्य रोगका कारण ५४ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ ।’’

डिसेम्बरको सुरुमा आफ्नो शून्य–कोविड नीति त्यागेदेखि, चीनले भाइरसबाट हुने मृत्युको संख्यालाई कम रिपोर्ट गरेको आरोप लगाइएको छ । चीनले यसअघि कोविडको मृत्युलाई वर्गीकरण गर्नको लागि आफ्नो पद्धतिलाई परिमार्जन गरेको थियो, यसले विशेष गरी भाइरसको कारणले गर्दा श्वासप्रश्वासको विफलताबाट मर्नेहरूलाई मात्र गणना गर्ने भनेको थियो। तर विश्व स्वास्थ्य संगठनले यसको आलोचना गरेको थियो, जसले नयाँ परिभाषा ‘धेरै संकीर्ण’ भएको बताएको थियो।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भनेका थिए कि संगठनले चीनलाई अस्पतालमा भर्ना र मृत्युको थप द्रुत, नियमित, भरपर्दो डाटा सहित भाइरल अनुक्रम जारी राख्न आग्रह गरिरहेको थियो। शनिबार, चिनियाँ स्वास्थ्य अधिकारीहरूले भने कि मृत्यु हुनेहरूको औसत उमेर ८०.३ वर्ष थियो, ९० प्रतिशत भन्दा बढी ६५ वर्ष भन्दा माथिका छन्। अधिकांश मानिसहरू अन्य रोगबाट पीडित थिए। चीनमा ६० वर्षभन्दा माथिका लाखौं मानिसलाई अहिलेसम्म खोप लगाइएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);