इरानी पूर्व मन्त्री अलिरेजा अक्बरीलाई मृत्युदण्ड दिइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इरानी पूर्व मन्त्री अलिरेजा अक्बरीलाई मृत्युदण्ड दिइयो

एजेन्सी । बेलायतका लागि गुप्तचरी गरेको आरोप लगाइएका इरानी पूर्व मन्त्री अलिरेजा अक्बरीलाई मृत्युदण्ड दिइएको छ ।

पूर्व इरानी मन्त्री अक्बरीलाई सन् २०१९ मा पक्राउ गरी बेलायतका लागि गुप्तचरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो । उनलाई यसअघि नै इरानले मृत्युदण्डको सजाय सुनाइएको थियो । अक्बरीको परिवारले जेलमा अन्तिम पटक भेट्न दिन भन्दै बुधवार अनुरोध गरेका थिए । बेलायतका लागि जासुसी गरेको आरोप अक्बरीले अस्वीकार गर्दै आएका थिए ।

शुक्रवार बेलायतका विदेशमन्त्री जेम्स क्लेभर्लीले इरानले मृत्युदण्डको क्रुर धम्की दिने काम रोक्नुपर्ने बताउनुभएको थियो । इरानले यो हप्ता अक्बरीको एउटा भिडिओ सार्वजनिक गरेको थियो जसमा उनले जबरजस्ती आरोप स्वीकार गरेको जस्तो देखिन्थ्यो । बीबीसी पर्सियनले बुधवार प्रसारण गरेको अडियो सन्देशमा अक्बरीले आफूलाई यातना दिएर आफूले नगरेको अपराध स्वीकार गर्न बाध्य बनाइएको बताएका थिए ।

इरानले दोहोरो नागरिकता भएका वा विदेशी स्थायी आवासीय प्रमाणपत्र रहेका दर्जनौँ व्यक्तिहरूलाई हालैका वर्षमा गुप्तचरी र राष्ट्रिय सुरक्षा सम्बन्धी अभियोगमा पक्राउ गरेको छ । अघिल्लो वर्ष बेलायतले लामो समयदेखिको ऋण चुकाएपछि तेहरानले दुई जना ब्रिटिश इरानी नागरिकलाई रिहा गरेर इरान छाड्न अनुमति दिएको थियो । तर कम्तीमा दुई जना अन्य ब्रिटिश इरानीहरू अझै पनि थुनामा छन् जसमा अमेरिकी राहदानीवाहक मोराद तहबाज पनि पर्दछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);