वीरमा बेवारिसे विरामी व्यवस्थापन जटिल बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

वीरमा बेवारिसे विरामी व्यवस्थापन जटिल बन्दै

फूलमाया आले

काठमाडौं, १० पुस । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बेवारिसे बिरामी नल्याइएको कुनै दिन हुँदैन । त्यस्ता विरामी व्यवस्थापन गर्ने काम वीर अस्पतालका लागि ठूलो चुनौती बन्दै आएको छ । तर पछिल्लो समय यो चुनौती गम्भीर समस्याका रुपमा परिणत हुँदै गएको छ ।

बेवारिसे विरामी व्यवस्थापन गर्ने विषयमा सरोकारवाला निकाय गम्भीर नहुँदा यो समस्या जटिल बन्दै गएको हाे । ट्रमा सेन्टरमा महिनौदेखि ६ जना बिरामी अलपत्र अवस्थामा छाडिएका छन् ।

बेवारिसेले महिनौं वेड ओगट्दा अन्य बिरामी समेत सेवा पाउनबाट बञ्चित हुने गरेका छन् । सडकबाट अस्पतालमा ल्याएर प्रहरीले छाड्ने गरेको र त्यसपछिको सबै जिम्मा अस्पतालको भएकाले बेवारिसे बिरामीको समस्या अत्यन्तै जटिल बन्दै गएको अस्पतालको भनाई छ ।

कतिपयले बिरामीलाई अस्पताल वा यसको छेउछाउमा लगेर त्यतिकै छाडिदिन्छन् र सम्पर्कविहीन हुन्छन् । खासगरी प्यारालाइसिस, स्पाइनल इन्जुरी र यस्तै जटिल रोग लागेका विरामी छाडेर हिँड्ने गरेको पाइएको छ । जसको उपचारमा समेत कठिन हुने गरेको उपचारमा खटिएका चिकित्सक बताउँछन् ।

प्रहरीले अस्पतालसम्म ल्याएर छाडिदिएपनि उपचारपछि जाने ठाउँ नहुँदा अस्पतालको बेडमै बस्न बाध्य हुनुपरेको ती विरामीहरु बताउँछन् ।

अस्पतालको सामाजिक इकाई समिति मार्फत त्यस्ता बिरामीको उपचार त हुन्छ तर बेवारिसे बिरामी कै लागि मात्र भनेर काम गर्ने सरकारको कुनै संघ सस्था नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुरुवाको अभावमा त्यस्ता बिरामीहरूले राम्ररी उपचार पाउन गाह्रो हुने गरेको पाइन्छ । दीर्घ रोग लागेका बिरामीका लागि भने पुन स्थापना केन्द्रको आवश्यकता छ । यसबारे सरकारले बेलैमा कदम चाल्नुपर्ने देखिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);