भूकम्पमा भत्किएको ऐतिहासिक रानीपोखरी पुन निर्माणकार्य विवादित मात्रै बनेको छैन, महानगरपालिकाले बनाएको नयाँ नक्सामा त्रुटी देखिएसँगै निर्माण अलपत्र परेको छ । एतिहासिक सास्कृतिक सम्पदा रानीपोखरीको आकार घटाउदै काठमाडौ महानगरपालिकाले पोखरी भित्र ढलानयुक्त पर्खाल बनाउन थालेपछि पोखरीको पुन निर्माण विवादित बनेको हो ।
२०७२ सालमा गएको महाभुकम्पले रानीपोखरी लगायत एतिहासिक महत्व बोकेका सम्पदाहरुमा क्षति पु¥याएको थियो । एतिहासिक सम्पदा रानीपोखरीको पुन निर्माण सुरु भएको २ वर्ष नाघिसकेको छ । पुनः निर्माणको काम सकिने समयमा रानीपोखरी विवादमा मुछिएको छ । ३ सय ५० वर्ष पुरानो रानीपोखरी वरपर वगैचा र पार्क बनाउन जिम्मा लिएको महानगरपालिकाले पोखरीको आकार घट्नेगरि आरसीसी ढलानयुक्त पर्खाल लगाउन थालेपछि स्थानियवासीले विरोध गरेका छन् । पुरातत्व विभागले पनि निर्माण कार्य रोक्न माग गरेपछि विवद सुरु भएको हो । ढलानयुक्त निर्माणले परम्परागत प्रविधि र पोखरीको मौलिक स्वरुप विगारेको भन्दै पुरातत्वविभाग विरोधमा उत्रिएको छ ।
रामबहादुर कुँवर, प्रवक्ता, पुरातत्व विभाग
यस अघि पनि रानीपेखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिरमा आर सीसी पिल्लर बनाएपछि स्थानियवासीले विरोध गरेका थिए । त्यसपछि पुरातत्व विभागले पुरानै शैलीमा मन्दिर पुन निर्माणको जिम्मा लिएको थियो । महानगरपालिकाले भने पुरानै संरचनालाई नविगारी आधुनिकशैलीमा रानीपोखरीको पुनःनिर्माण गर्न लागिएको जनाएको छ । महानगरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले रानीपोखरीलाई आधुनिक तरिका बाट पुनः निर्माण गरि ऐतिहासिक स्वरुपमा ढाल्ने बताउनुभयो । उहाँले विवादका कारण रानीपोखरीको पुनः निर्माणमा ढिलाई भएको बताउँदै आधुनिक तरिकाले पुरातन शैलिको रानीपोखरी निर्माणका लागि आफुहरु प्रतिवद्व रहेको बताउनुभयो ।
ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता, काठमाडौं महानगरपालिका
सम्पदाको मौलिकता र सम्पदा प्रतिको संवेदनशिलतालाई ध्यानमा राखेर पुन निर्माणलाई पुणैता दिनुको सटो सरकारी निकाय नै विवादमा उत्रनुले राष्ट्रपतिले तामझामका साथ उद्घाटन भएको पुन निर्माण अभियानकै खिल्ली उडेको छ । पुरातत्व विभाग र महानगरबीचको विवादका कारण रानीपोखरी जस्तै मन्दीरै मन्दीरको सहरका रुपमा रहेको काठमाडौंका अन्य ऐतिहासिक र धार्मीक धरोहरहरुको पुनःनिर्माणमा पनि ढिलाई नहोस् । यसतर्फ सरोकारवालाले बेलैमा ध्यान दिउ ।