राष्ट्रपति सी रणनीतिको सामरिक पराकम्पन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपति सी रणनीतिको सामरिक पराकम्पन

विपिन देवः २०औं कँग्रेसको दिशार्निदेशले चिनियाँ कम्युनिष्ट पार्टी एक नयॉ सोच र दीर्घकालीन रणनीतिका साथ आफ्ना दार्शनिक चेत र राजनीतिक र आर्थिक दस्तावेज सार्वजनिक गरेका छन् । यसले राष्ट्रपति सीको नेतृत्वलाई बलियो बनाउनुका साथै उनको तेस्रो कार्यकाललाई समेत अनुमोदित गरेका छन् । अर्थात् राष्ट्रपति सी को अमेरिकी नीतिमा परिर्वतन देखिएको छैन । अमेरिका र यूरोप प्रति चीनको आक्र्रमकता बढेको देखिन्छ । चीनमा नीति र सिद्धान्तका अद्भूत जानकार केभिन रुडले राष्ट्रपति सी को राजनीतिक र आर्थिक दस्ताबेजलाई सूत्रात्मक व्याख्या “एभोयाडेवल वार” पुस्तकमा गरेका छन् । केविन रुड अष्ट्रेलियाका पूर्व परराष्ट्र मन्त्री र प्रधानमन्त्री हुन् । भर्खरै उनले “राष्ट्रपति सी” को बारेमा अम्सर्फोड विश्वविद्यालयवाट विद्यावरिधी समेत गरेका छन् । कविन रुडले राष्ट्रपति सीको व्यक्तित्वलाई व्याख्यान र कृतीद्वारा आलोकित गरेका छन् ।

राष्ट्रपति सीका पिता चीनिया कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य थिए । ६० को दशक तिर राष्ट्रपति सीका पिताको व्यक्तित्व ओझेलमा परेको थिए । पिताको व्यक्तित्वको छाया राष्ट्रपति सीमा पर्यो । लामो समयसम्म राष्ट्रपति सीलाई ग्रामिण भागमा संगठन गर्न जिम्मा दियो । केविन रुड अनुसार राष्ट्रपति सी अन्र्तरमुखि, कुसाग्र र दृढ संकल्पित व्यक्तित्वका धनी हुन् । तर तानाशाही सोचले गर्दा नेतृत्वलाई कालजयी बनाउन कुनै पनि कसर उनले बाँकी राख्दैन । राष्ट्रपति सीका आमा ९६ वर्षकी छिन् । अर्थात् वंशाणु हिसावले पनि दीर्घजीवि हुने राष्ट्रपति सी विश्वस्त छन् । तदनुरुप पार्टीको नीति र कार्यक्रमलाई आप्mनो व्यक्तित्वसंग जोड्दै अगाडि बढाएका छन् । अर्थात् १० वर्षे र २० वर्षे क्रायक्रमका साथ अगाडि बढ्ने सीले वाचा गरेका छन् । ताइवान नीतिलाई कार्यरुप दिन उनले सन् २०३० सम्मको सीमा समेत निर्धारण गरेका छन् ।

वर्तमान भू-राजनैतिक अवस्था आफ्नोअनुकुल भएको सीको जिकिर रहेको छ । यूरोप र अमेरिकालाई अस्ताइरहेको सूर्यको रूपमा कम्युनिष्ट पार्टीले व्याख्या गरेका छन् । साथ साथै अफगानीस्तानवाट अमेरिकी सेना र्फिता हुनु, इरान लगायत पाकिस्तानसम्म अमेरिकी पकड कमजोर हुनु र विभिन्न द्वन्द समाधानमा अमेरिका असफल हुनुको घटनालाई चीनले अमेरिकालाई सामरिक रूपले कमजोर भएको व्याख्या गरेका छन् । अमेरिकाले गठवन्धनका नाममा अगाडि बढिरहेको घटनालाई समेत चीनले उपहास गरेका छन् । अर्थात् हिन्दमहासागरीय क्षेत्रमा क्वार्डको नाममा अष्टे«लिया, जापान र भारतसंग गठवन्धन गर्नु, अम्सको नाममा अष्ट्रेलीया र वेलायतसंग गठवन्धन बढाउनु र मध्य एसियामा इजरायल, यु.ए.ई र भारतसंग आई टु र यु.टु.को नाममा गठवन्धन गर्नु जस्ता सामरिक नीतिलाई चीनिया कम्युनिष्ट पार्टीले प्रश्नको घेरामा राखेका छन् । तर राष्ट्रपति सीको महत्वाकांक्षालाई जानकारहरूले पृथक व्याख्या गरेका छन् । सामरिक जानकार स्टीभ रोचले आप्mना पुस्तक “एकसीडेन्टल कनफीलिक्ट”मा राष्ट्रपति सीलाई आत्मघाती रणनीतिका सम्वाहकरूको रूपमा व्याख्या गरेका छन् ।

चीनमा सैनिक खर्च भन्दा पनि घरेलु व्यवस्थापनमा अधिक खर्च हुने गर्दछ । अर्थात् स्वतन्त्रता र खुला समाजलाई मानमर्दन गर्न चीनिया सरकारले शक्तिको प्रयोग अधिक मात्रामा गर्ने गर्दछ । तर चीनको आन्तरिक अवस्था फरक देखिन्छ । सन् २००७ देखि दुई अंकीय वृद्धिदर भएको अर्थव्यवस्था दिन प्रति तल गइरहेको छ । १४ प्रतिशतवाट चीनिया विकास दर २ देखि ३ दसमलवमा खस्केको छ । वेरोजगारी दर १८ प्रतिशतले बढेको छ । जन्म दर १ दशमलब ६ मात्र रहेको छ । जनसंख्यीक लाभांष (डेमोग्राफीक डिभीडेन्ड)मा प्रचुर मात्रामा ह«ास भएको छ । वर्तमान परिवेशमा खाद्यायान र उर्जा आयतकर्ताको अग्रश्रेणीमा चीन पर्दछ । राष्ट्रपतिको सीको दम्भले गर्दा चीन लगानी विस्थापित भइरहेकोे छ । राष्ट्रपति सीले देङको धार रूचाएको छैन । देङ्गले पश्चिमा पू‘ची प्रविधिलाई उ्रच्च महत्व दिदै “हाइड योर स्ट्रेन्थ, वाइड योर टाइम, नेभर लीड” का नारा दिएका थिए ।

राष्ट्रपति सी उक्त धारणालाई निष्तेज गर्दै चीनिया साम्राज्यको भूगोल अनरुप वर्तमान सार्मथ्यको आधारमा चीन अगाडि बढ्ने उनको नीति र कार्यक्रम रहेको छ । देङ्को नीतिले गर्दा भारत चीनको सम्बन्धमा सहजता देखिएको थियो । जापानी प्रविधि र अष्ट्रेलियाको बजारलाई चीनले प्रचुर मात्रामा लाभ लिएका थिए । तर वर्तमान अवस्था बिलकुलै फरक देखिन्छ । जापान र अष्ट्रेलीयाले सीको बढ्दो महत्वाकांक्षा र दक्षिण र पूर्वीय चीन सागरमा चीनको आक्रमतालाई मध्य नजर गर्दै आप्mनो सुरक्षा र सैनिक र्खच अभूतर्पूवक वृद्धि गरेका छन् । अर्थात् राष्ट्रपति सीको आक्रमक्ताको कारणले नै गर्दैै दक्षिण चीन सागर कुरुक्षेत्रमा परिर्वति हु‘दै छ । तर चीनिया भाष्य वा कम्युनिष्ट पार्टीको भाष्य फरक देखिएको छ ।

चीनको जलसेना संसारमा सबभन्दा अब्वल रहेको चीनको तर्क रहेको छ । अर्थात् चीनसंग सैनिक जल युद्ध पोतको संख्या ३५५ रहेको छ भने अमेरिकासंग मात्र २९९ रहेको छ । यसको आधारमा चीनिया सैन्य बल अमेरिकी सैन्य बलभन्दा अब्बल रहेको चिनियाँ तर्क रहेको छ । तर युद्धपोतको संख्याबाट मात्रै सैन्य बलको मापन गर्न सकिदैन । अमेरिका र चीनको सार्मथ्यमा फरक देखिएको छ । संसारको हरेक कुना कुनामा अमेरिकी सैनिकको पहुँच छ भने चीनको पहुँच हिन्दमहासागरीय क्षेत्रमा मात्र देखिएको छ । सन् १९७९ भियतनाम युद्ध पश्चात चीनले कुनै पनि मुलुकसंग युद्ध गरेको छैन । तर अमेरिकी सैनिक शित युद्धको कहर पश्चात पनि इरान, अफगानीस्तान हु‘दै विभिन्न मुलुकहरूमा आप्mना सैनिक परिचालित गरेका छन् । कुनै पनि देशको आर्थिक स्वास्थ्यलाई मापन गर्न चारवटा सूचाकमा ध्यान दिनु पर्ने हुन्छ । व्यापार लगानी, गृह खर्च, वेरोजगारी दर र र्नियात जस्ता परिसुचकहरूवाट चीनको लागि सकरात्मक सन्देश छैन । अर्थात् राष्ट्रपति सीको महत्वाकांक्षाले चीनलाई प्रगति र शान्तिको पथ नलग्ने भने जानकारहरूको आकलन देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);