२०२२ मा के के भयो (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२०२२ मा के के भयो (भिडियो रिपोर्ट)

काठमाडौँ पौष १७ / माउण्टेन टेलिभिजन एचडी ।  रुस युक्रेनका कारण उत्पन्न मानवीय संकटसहित महंगी, युद्धको त्रासकाबीच सन् २०२२ बितेको छ। रुस युक्रेन युद्धले मानवीयतामा माथि नै चुनौति दियो । विश्वका ठूला देश अझै पनि आफ्नो स्वार्थका लागि कसरी हजारौ नागरिकमाथि निर्मम ढंगले उत्रन सक्छन् भन्ने उदाहरण रुस युक्रेन युद्धले दियो । सन् २०२२ को फेब्रुअरी सुरु भएदेखी नै पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्ने शंका व्यक्त गरेका थिए । विश्वको मुख्य अन्न निर्यातकर्ता युक्रेन र महत्वपूर्ण इन्धन तथा ग्यास निर्यातकर्ता रुसका उत्पादन तथा बजार मात्रै प्रभावित भएनन ।

महंगीले पुरै विश्वलाई लपेट्यो । लाखौं मानिस शरणार्थी बन्न बाध्य भए । यसैवर्ष सोभियत युनियनका पूर्व नेता मिखाइल गोर्भाचोभको निधन भयो । ९६ वर्षिय महारानी एलिजावेथको निधन पछि चाल्र्स दोश्रो बेलयतको राजा बन्नुभयो । बेलायतमा बोरिस जोनसनको राजीनामापछि लिज ट्रस प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । ट्रसले जम्मा ४५ दिनको सबभन्दा छोटो कार्यकाल पूरा गरेर बिदाहुँदा एसियाली मु्लका ऋषि सुनक पहिलो बेलायती हिन्दू प्रधानमन्त्री बन्नुभयो । पाकिस्तानका प्रधानमन्त्री इमरान खान माथिको अविस्वासको प्रस्ताव पारित भएपछि विपक्षमा रहेका सहबाज सरिफ सत्तामा आउनुभयो ।

श्रीलंकाको राजनीतिक उथलपुथल सुरु भयो। आर्थिक संकट खेपिरहेको श्रीलंकामा प्रधामन्त्री महिन्दा राजपाक्षेले पदबाट राजिनामा दिएर मुलुक नै छोडेर भाग्नु पर्यो । छिमेकी मुलुक भारतको राष्ट्रपतिमा आदिवासी महिला द्रोपदी मुर्मु निर्वाचित हुनुभयो । फिलिपिन्समा पूर्व शासक फर्डिनान्ड मार्कोसका छोरा फर्डिनाण्ड मार्को निर्वाचित हुनुभयो । मंकिपक्स रोगका संक्रमण युरोपका मुलुकहरुमा देखिएपछि अर्को स्वास्थ्य चुनौती उत्पन्न भयो । अगष्ट महिनामा अमेरिकाकी तत्कालिन सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिका सम्बन्धमा चुनौती उत्पन्न गरायो । बेइजिंगले ताइवानबीच चुलिएको विवाद युद्धमा परिणत हुने हो कि भन्ने शंकाले विश्वलाई नै त्रसित बनायो । निकै कम बन्दुक सम्बन्धी अपराध हुने जापानमा पूर्व प्रधानमन्त्री सिन्जो अवेको गोली हानी हत्या हत्या गरिँदा जापानमा सन्नाटा छायो ।

साहित्यकार सलमान रस्दि माथि अमेरिकाको न्युर्योकमा छुरी प्रहार हुँदा उहाँ गम्भीर घाइते बन्न पुग्नुभयो । पाकिस्तानमा गएको बाढिका कारण १ हजार भन्दा बढीको मृत्यु भयो । बाढीका कारण लाखौं विस्थापित हुनुका साथै मानविय संकट उत्पन्न भयो ।

इण्डोनेसियाको पूर्वी जाभाको एक फुटबल म्याचका क्रममा भागदौडमा परि १ सय ३१ जनाले ज्यान गुमाए । दक्षिण कोरियाको सोलमा हृयालोइन पर्वको बेला आयोजना गरिएको एक कार्यक्रममा भिडभाडमा परि १ सय ५८ जनाको मृत्यु भयो । चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनले राष्ट्रपतिमा सि जिनपिंगलाई अनुमोदन गर्दै उहाँलाई शक्तिशाली नेताका रुपमा स्थापित गरेको छ । सन् २०२२ मा विश्वको जनसंख्या ८ अर्ब पुग्यो । वर्षको अन्त्यतिर कतारमा भएको फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्यो । विश्वकपको जितले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको प्रदर्शन र सफलताका कारण उहाँलाई अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विश्वमै परिवर्तन ल्याउन सक्ने सम्भावनायुक्त औलोविरुद्धको खोप विकास गरिएको घोषणा गरे । सन् २०२२ मा जेम्स वेब टेलिस्कोपले निरन्तर समाचारको हेडलाइन बनाइरह्यो – जुलाईमा सञ्चालनमा आएदेखि सो टेलिस्कोपले ब्रह्माण्डका अद्भुत तस्बिरहरूले पठाइरहेको छ । जुन महिनामा वैज्ञानिकहरूले संसारको सबभन्दा ठूलो आकारको ब्याक्टेरिया भेटिएको घोषणा गरे । मान्छेको परेला जत्रो ब्याक्टेरिया जुन नाङ्गै आँखाले देख्न सकिन्छ । समग्रमा हेर्दा केही उपलब्धि, त्रास र आशकै सेरोफेरोमा सन् २०२२ हामीबाट विदा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);