प्रचण्डले किन गरे चिनियाँ राष्ट्रपति सीको खुलेर प्रशंशा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रचण्डले किन गरे चिनियाँ राष्ट्रपति सीको खुलेर प्रशंशा

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सी चिनफिङसँग निकट मानिन्छन् । सी राष्ट्रपति भएपछि भेट्ने पहिलो विदेशी हुन् प्रचण्ड । अर्कोतर्फ, उनी सीको प्रशंशक पनि हुन् ।

प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको खुलेर प्रशंशा गरेका छन् । सीको विश्वमा सबैका लागि स्वास्थ्य दृष्टिकोण भिजनप्रति आफूले विशेष प्रशंशा गर्ने बताएका हुन् ।
चीनले स्तरोन्नति र पुनः निर्माण गरेको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल हस्तान्तरण कार्यक्रममा आज शुक्रवार प्रचण्डले भने, ‘हामी राष्ट्रपति सी चिनफिङको बिल्डिङ र ग्लोबल कम्युनिटि अफ हेल्थ फर अल भिजनका लागि विशेष प्रशंशा गर्दछौं ।’

प्रचण्डले चीनसँग बहुक्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको समेत बताए । उनले स्वास्थ्य र प्रविधिका क्षेत्रमा चीनबाट थप सहयोगको आशा व्यक्त गरे ।

चीनले नेपालको स्वास्थ्य सेवामा बढाइरहेको सहयोगको समेत प्रचण्डले उल्लेख गरे । जसमध्ये भरतपुर अस्पताल पनि छ ।

सिभिल अस्पताल सरकारी कर्मचारीको उपचारलाई केन्द्रित गरी निर्माण गरिएको हो । यो अस्पतालमा चीनले प्राविधिक सहयोग गर्दै आएको छ । चीनले नेपालको प्रविधिका क्षेत्रमा पनि लगानी बढाइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);