एजेन्सी । चीनमा कोरोना संक्रमण बढ्दै जादा सन् २०२० को सम्झना दिलाइरहेको छ । अस्पतालका सबै बेड भरिएका छन् । मेडिकल स्टोरमा औषधि सकिँदै गएको छ । विरामीहरु उपचारका लागि डाक्टरको अगाडि शरण परिरहेका छन् । चीनको यो अवस्था देखेर भारत सरकार पनि सचेत भएको छ ।
भारतको केन्द्रीय सरकारले सम्बन्धित सबैलाई सतर्क रहन र सतर्कता बढाउन आग्रह गरेको छ । स्रोतका अनुसार विमानस्थलमा विदेशी यात्रुको नमूना परीक्षण पनि सुरु गरिएको छ ।
सैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार अधिकारी र मन्त्रीहरूको आपतकालीन बैठक बोलाएका छन्। यूपी सरकारले विदेशबाट आउने यात्रुहरूको स्क्रिनिङ गर्न आदेश दिएको छ।