कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा

ललित सिहं ,४ चैत्र बझाङ्ग ।
कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल्डा परेर यात्रा

कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा

ललित सिहं ,४ चैत्र बझाङ्ग । कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल्डा परेर यात्रा गर्न असजिलो भएको गाडी चालकहरु बताउन्छन् कतिपय ठाउँमा सडकमै पानी जम्ने भए पछि यात्रुहरूले निकै सास्ती व्यहोनुपरिरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको उक्त सडकको बागथलादेखि झोतासम्म लुम्बीनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए ।

 

सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन । कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले बिरामीहरूलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानियहरुको भनार्ई छ । सडक समानान्तरमा निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएर सडकमा आउने र विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले पनि सडकमा खाल्डाखुल्डी भएका छन । सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने र बाटो राम्रो नभएका कारण ठाउँ ठाउँमा गाडी बिग्रनु गरेको चालकहरु बताउछन् । खाल्डाखुल्डीका कारण चालकले जति होसियार अपनाए पनि कच्ची सडकका कारण सबारीसबधनहरु ढुङ्गामा लागेर टुट फुठ हुन पुगेका छन् भने सर्बसाधारण जनता कच्ची सडकका कारण सास्ती भोक्दै यात्रा गर्न बाध्य भएका छन् ।

 

उता भने ूथानस्य निकायमौन भएको छ अधिल्लो बर्षातको समयमा आएका बाढी पहिरो अहिले सम्मम सडक सफा र मर्मत पनि गरेको छैन् सडकको ममर्तमा आउको करौडौ रकम स्थानीय निबायका प्रमुअ र ठेकेदारहरुको मिलो मतोमा कुम्ल्याउने काम मात्र भएको स्थानीय बासिहरुले आरोप लगाएका छन्। २ वर्ष अघि बागथला देखि चैनपुरसम्मको ४६ किलोमिटर गरिएका सडकको कालोपत्र प्रायजसो उप्किसकेको छ । ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा कमाउन पल्केका ठेकेदार र कमिसन खान पल्केका आयोजना कार्यालय कर्मचारीहरु का कारण यस्तो अवस्था आएको बझाङ सार्वजनिक यातायात व्यवसायि संघका अध्यक्ष नरेन्द्र खडका को भनाई छ ।

 

डिभिजन सडक कार्यालयलाई हस्तान्तण भइसकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउनुका साथै नियमित मर्मत सम्भार हुने भएको छ । योजना कार्यालयमा सडक बोर्डले रकम नदिने र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण अब छिट्टै सडक बिग्रिएको ठाउँमा मर्मत गर्न लगाउने प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाको भनाई रहेको छ । यता भने एक बर्ष अगाडी बिगे्को सडक अहिले सम्म पनि मर्मत नगर्दा स्थानीयहरु जोखिम पुर्णयात्रा गर्न बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);