सरकारमा जान साना दलको हानथाप ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सरकारमा जान साना दलको हानथाप ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०५ । सरकारमा सहभागी हुने या नहुने विषयमा साना दलको सोच के छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि एक हप्ताको समयसिमा दिएसंँगै ठूलादल सरकार निर्माणका लागि बहुमत जुटाउने तयारीमा लागेका छन् । कुनै पनि दलसँग स्पष्ट बहुमत नभएकाले सरकारको नेतृत्व कसले गर्छ यसै भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा आफनो पक्षमा बहुमत पुर्याउने हेतुले राजनीतिक दलहरुले नयाँ पार्टी र स्वतन्त्र सांसदहरुलाई आफ्नो पक्षमा पार्नका लागि व्यापक भेटघाट र लविङ गरिरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगाएतले अप्रत्यासित जित हासिल गरेका कारण पनि सरकार निर्माणमा उनीहरुको भूमिका महत्वपूर्ण हुने देखिन्छ । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको जलपान समारोहमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीका संसदीय दलका नेताहरुलाई हामीले तपाईहरुको सरकार निर्माणमा कस्तो भूमिका रहन्छ भने सोधेका थियौं ।

गत २०७४ सालको चुनावमा प्रत्यक्षमा एक सिट मात्रै जितेको तर अहिले ७ सिट प्रत्यक्षमा जितेर आफ्नो आकार बढाएको राष्ट्रिय प्रजातन्त्र पार्टी,भने अहिले सरकारमा जाने कुनै सोच नभएको बताउँछ।

सत्ता गठबन्धन गणितीय रुपमा बहुमतको नजिक भए पनि उनीहरुबीच शक्ति बाँडफाँटका विषयमा अहिलेसम्म सार्थक सम्वाद हुन सकेको छैन । दुईभन्दा धेरै दल मिल्नै पर्ने बाध्यताले फेरी पनि राजनीतिलाई अस्थीर बनाउने जोखिम पनि उत्तिकै छ।

यति बेला दलहरुले धमाधम संसदीय दलको नेता चयन गरिरहेका छन् । एक साताको समयभित्र महत्वपूर्ण पदहरुको भागवण्डा मिलाएर सरकार गठन गर्नुपर्ने बाध्यात्मक स्थितिमा दलहरु रहेका छन् । यसक्रममा पुराना समीकरणहरु भत्किएर राजनीतिले नयाँ मोड नलेला भन्न सकिँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);