सरकारमाजाने होडवाजी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सरकारमाजाने होडवाजी ( भिडियो रिपोर्ट )

माउन्टेन टेलिभिजन एचडि, काठमाडौँ पौष ०५ ।  राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटका साथ साना दलमध्ये मजबुत अवस्थामा छ। उक्त दलका अधिकांश सांसदहरु सरकारमा जान आतुर देखिन्छन् । अनेपेक्षित सफलता हासिल गरेका रास्वपाका सांसदहरुमा सरकारमा जाने हुटहुटी बढिरहेको घटनाक्रमले देखाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा नजाने पक्षमा छैन । राप्रपाले २०५१ को चुनावमा निर्णायक शक्ति बनेर सत्ताराजनीतिको कुशल खेल खेलेको इतिहास छ । त्रीशंकु सरकारमा राप्रपाका तत्कालीन दुई नेताहरु सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द आलोपालो प्रधानमन्त्री बनेको स्मरणीय छ।

यसपटक पनि राप्रपा सत्ताको खेलमा मौकाको पर्खाइमा देखिन्छ । जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा नेपालका अलावा ५ स्वतन्त्र सांसद पनि मौकाको पर्खाइमा छन् । जनमत र नागरिक उन्मुक्ति प्रतिनिधि सभामा नयाँ दल भएपनि शर्तसहित सरकारमा जाने पक्षमा छन् । उनीहरुका लागि अध्यादेश ल्याएर मनाउने रणनीति प्रधानमन्त्री शेरबहादुर देउवाले गरिसकेका छन् । यसको चौतर्फी आलोचना भयो । सत्ताबाहिर रहँदा जतिसुकै चर्का नारा र एजेण्डा उठाएपनि गन्तव्य उही भनेजस्तै साना दलहरु ठूला दलको अन्र्तद्वन्द्वको भरपूर फाइदा उठाउन मौका कुरिरहेका छन् ।

सत्ता गठबन्धन टुटेमा उनीहरुले सबैभन्दा लाभ लिनसक्ने देखिन्छ । यसबाट उत्पन्न हुने सत्ताको रोचक खेलमा साना दलले अवसर देखिरहेका छन् । यसकारण पनि सबैजसो साना दल सरकारमा नजाने निर्णय नलिई पाकिरहेको राजनीतिक खिचडीलाई नियालिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);