शेखरको प्रस्तावमा गगन थापा साझा उम्मेदवार बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शेखरको प्रस्तावमा गगन थापा साझा उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कांग्रेसको भोलि हुने संसदीय दलको नेतामा डा.शेखर कोइराला र गगन थापाको समुहबाट थापाले उम्मेदवारी दिने भएका छन् ।

आज बिहान बसेको बैठकमा कोइरालाको प्रस्तावमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने सहमति भएको हो ।

आगामी १५औं महाधिवेशनमा थापाले कोइरालालाई सहयोग गर्ने गरी समझदारी भएको स्रोतले जनाएको छ ।

केही बेरमा कोइराला र थापा बीच वान टु वान वार्ता हुने भएको छ ।

अब महामन्त्री थापा सभापति शेरबहादुर देउवासँग चुनावी मैदानमा भिड्ने भएका छन् ।

यसअघि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई दलको नेतामा समर्थन गर्ने घोषणा गरेका थिए ।

कांग्रेसमा प्रतिनिधिसभामा ८९ जना सांसद छन् । आज ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);