राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने, यस्ता छन् शर्त (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने, यस्ता छन् शर्त (भिडियोरिपोर्ट)

काठमाडौं, २५ मंसिर । सरकार गठनको गृहकार्यले तिव्रता पाएको छ । विभिन्न विकल्पमा गठबन्धन र त्यसबाहिरका दलहरुले छलफललाई गति दिएका हुन् । ठूला दल मात्र नभई साना दल र स्वतन्त्र सांसदहरु पनि सरकारमा स्थान बनाउने रणनीतिका साथ सक्रिय भएका छन् ।

प्रतिनिधि सभामा राष्ट्रिय पार्टी बनेका ७ दलले समानुपातिकमा निर्वाचित सांसदहरुको नामको सूची बुझाएसँगै सरकार निर्माणको गृहकार्यले तिव्रता पाएको छ । सत्ता गठबन्धनले सरकार निर्माणका लागि सहमति खोज्न थालेको छ । गठबन्धनलाई कायमै राखेर जाने चार दलका शिर्ष नेताको संयुक्त विज्ञप्ति सार्वजनिक भएपनि कस्को नेतृत्वमा जाने र नपुगेको सिट पु¥याउन कुन दल या स्वतन्त्रलाई साथमा लिने भन्नेबारे चासो बनेको छ ।

बहुमतका लागि आवश्यक १३८ सिट सत्ता गठबन्धनसँग पनि पुग्दैन । बहुमत बनाउन जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग समेत अनौपचारिक छलफलमा गठबन्धनका नेताहरु दौडधूपमा छन् । सरकारमा जान जनमत पार्टी, जसपा र लोसपा आतुर देखिन्छन् । तर, सत्ताको नेतृत्वको लागि सम्भावित गठबन्धनबारे पर्ख र हेरमा ती पार्टीहरु छन् । यसपटकको चुनावमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा जाने सम्भावनको ढोका बन्द गरेको छैन । उसले विकल्पहरु खुला राखेको छ । सरकारमा जाने विकल्पलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि खुला राखेको छ ।

सरकारको नेतृत्वको विषयले काँग्रेस र माओवादीबीच खटपट हुने सम्भावना पनि छ । यसको संकेत माओवादी नेता कृष्णबहादुर महराले गरिसकेका छन् । माओवादीले विकल्पमा एमाले र नेकपा एससहित अन्य साना दल र स्वतन्त्रसँग मिल्ने पनि हुनसक्छ ।

ठूला पार्टी मात्र नभए साना पार्टी र स्वतन्त्र ५ सांसदको पनि भूमिका महत्वपूर्ण हुनसक्छ । नेमकिपा र जनमोर्चा नेपालबाहेक सबै दल र स्वतन्त्र सांसद सरकारमा जान आतुर छन् । यसले राजनीतिलाई रोचक मोडमा लाने निश्चित छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);