काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पार्टीका सांसदहरुलाई बोल्न बन्देज नलगाइएको दाबी गरेका छन् ।
आज निर्वाचन आयोगले आयोजना गरेको चियाँपान कार्यक्रममा संचारकर्मीसँग प्रतिक्रिया दिदै उनले यस्तो दाबी गरेका हुन् ।
पार्टीका सांसदहरु सञ्चारमाध्यम बोलिरहेको भन्दै उनले पार्टीले कसैलाई बोल्न नरोकेको बताएका हुन् ।
‘पार्टीका सुचनाहरु सहि ढंगबाट जावस भनेर सल्लाह भएको होला । प्रवक्ता मार्फत पार्टीका कुराहरु जाने अभ्यास पनि छ,’ उनले भने ।