राष्ट्रपति बन्ने चर्चामा रहेका तिन अनुहार निर्वाचन आयोगको जलपानमा एकसाथ देखिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपति बन्ने चर्चामा रहेका तिन अनुहार निर्वाचन आयोगको जलपानमा एकसाथ देखिए

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसदहरूलाई स्वागत तथा बधाई दिने उदेश्यले आज जलपान कार्यक्रम आयोजना गरेको थियो ।

निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट विजयी सांसदहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रपति बन्ने चर्चामा रहेका तिन अनुहार सँगै देखिएका थिए ।

माओवादीबाट राष्ट्रपतिको लाइनमा रहेका नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईसँगै पछिल्लो समय उच्च नेतृत्वसँग राष्ट्रपतिबन्ने चाहना प्रकट गरेका खिलराज रेग्मी समेत रहेका थिए । नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायाधिश र मन्त्रीपरिषद अध्यक्ष पदमा सँगै बसेका रेग्मीले राष्ट्रपति बन्ने चाँहना प्रकट गरेको चर्चा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);