शितलनिवासमा सांसदलाई रात्रीभोज | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

शितलनिवासमा सांसदलाई रात्रीभोज

sital niwas

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का नवनिर्वाचन सांसद्लाई बधाई तथा शुभकामना दिन रात्रीभोजको आयोजना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रीभोजको आयोजना गर्नुभएको हो । कार्यक्रममा सङ्घीय संसद्का नवनिर्वाचित सदस्य र संवैधानिक अंगमा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सङ्घीय संसद्का सदस्यसँगै रात्रीभोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतको उपस्थिति रहेको थियो ।

रात्रीभोजमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ भने फागुन २८ गते राष्ट्रपति भण्डारीको कार्यकाल सकिँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);