इमानदारीता बिनाको पढाइ समाजका लागि घातकः रविन्द्र मिश्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

इमानदारीता बिनाको पढाइ समाजका लागि घातकः रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इमानदारीता बिनाको पढाइलेखाइ समाजका लागि झन घातक हुने बताउनुभएको छ ।

शनिबार राप्रपा आवद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मिश्रले यस्तो बताउनुभएको हो ।

उहाँले प्राध्यापकलाई कालोमोसो दलेको, तालाबन्दी गरेको, तोडफोड गर्ने जस्ता काम नगर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभएको छ । ‘विद्यार्थीको पहिलो धर्म पढ्ने र लेख्ने हो । त्यो कहिल्यै नबिर्सिनोस्,’ मिश्रले भन्नुभयो ।

साथै, उहाँले जीवनमा सधैं नाक ठाडो राखेर बोल्न इमानदारी कायम राख्न समेत सुझाँव दिनुभएको छ । ‘त्यति नगर्ने हो भने, तपाईँहरूले देश बनाउने त कुरै छोडिदिनोस्, आफ्नो जिन्दगी पनि बनाउन सक्नुहुन्न,’ उहाँले भन्नुभयो ।

Leave a Reply