महावीर पुनलाई साथ दिन पुगेका मिश्रले भने– संसदले प्रधानमन्त्री नियुक्ति बाहेक केहि गरेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

महावीर पुनलाई साथ दिन पुगेका मिश्रले भने– संसदले प्रधानमन्त्री नियुक्ति बाहेक केहि गरेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताउनुभएको छ ।

शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुग्नुभएका वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताउनुभएको हो । उहाँले विवेक हराएर निदाएका नेताहरुलाई विवेक जगाउन महावीर पुनले गरेको आन्दोलनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्ण समर्थन र साथ रहने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले सरकारले आविष्कार क्षेत्रमा पर्याप्त बजेट छुट्याउन र कानून निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आविष्कार क्षेत्रलाई प्रवद्र्धन नगरी कुनैपनि देश आर्थिक रुपमा अघि बढ्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले अयोग्य लडाकुलाई सीपको सट्टा पैसा बाँड्ने काम कुनै हालतमा सह्य नहुने बताउनु भयो । उहाँले भएका प्राकृतिक सम्पदाको दोहन गर्न बजेट छुट्याउने तर आविष्कारको प्रवद्र्धनका लागि बजेट नछुट्याउनु सरकारको लापरबाही रहेको बताउनु भयो ।

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका मागहरुको समर्थन गर्नका लागि राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसहितका नेताहरु माईतीघर पुग्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);