एजेन्सी, २९ मंसिर । भारतीय टिभीकी चर्चित अभिनेत्री देवोलिना भट्टाचार्जी (गोपी)ले विवाह गरेकी छिन् । वास्तवमा देवोलिनाले हिजो राति सामाजिक सञ्जालमा हल्दी समारोहका केही फोटो र भिडियो शेयर गरेकी थिइन् । यसै क्रममा ‘साथ निभाना साथिया’ मा उनका सह–कलाकार रहेका विशाल सिंह पनि देखा परेका थिए । त्यसबेलादेखि फ्यानहरुले उनीहरुको बिहेको बारेमा अनुमान गर्न थालेका हुन् ।
यसपछि देवोलिनाले फ्यानहरूलाई आफ्नो ब्राइडल लुक देखाइन् । तर, अहिले उनका श्रीमानको विवरण सार्वजनिक भएको छ ।
श्रीमान शाहनवाजसँगको तस्बिर सेयर गर्दै देवोलिनाले लेखेकी छिन्, ‘हो अब म गर्वका साथ भन्न सक्छु कि म विवाहित छु । बत्ती बालेर पनि खोजेको भए तिमि जस्तो कोहि भेट्ने थिइन । तपाईं मेरो प्रार्थनाको जवाफ हुनुहुन्छ । म तपाईलाई धेरै माया गर्छु, तपाईहरु सबैलाई धेरै धेरै माया। तपाईको प्रार्थनामा हामीलाई सम्झनुहोस्।’
देवोलिनाका पतिको नाम शाहनवाज शेख हो। शाहनवाज शेख जिम ट्रेनर हुन्। मिडिया रिपोर्टका अनुसार उनीहरु दुबैको भेट जिममा भएको थियो । दुवैजना करिब दुई वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् ।
देवोलिनाले शेयर गरेको तस्विरमा उनी दुलहीको रुपमा देखिएकी छिन् । उनको हातमा कोपिलाहरू पनि देखिन्छन्। यससँगै देवोलिनाले आफ्नो हातमा लगाइएको दुलहीको मेहन्दी पनि फ्यानलाई देखाइन् । यी तस्बिरहरू हेरेपछि फ्यानहरूलाई लाग्यो कि उनी आफ्नो प्रेमी विशाल सिंहसँग विवाह गर्न लागेकी छिन् । तर, यो हुन सकेको छैन ।




