काठमाडौं, २६ मंसिर । रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागारमा नागरिक उन्मुक्ती पार्टीका कार्यकर्ता पार्टीको झण्डा लिएर पुगेका छन् ।
सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको थियो ।
यद्दपी सरकारको यस निर्णयको विरोध भइरहेको छ । सत्तारुढ दलकै नेताहरुले सरकारको कदम कानुनविपरित भएको टीप्पणी गरेका छन् ।




