राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै रवि लामिछानेविरुद्ध उजूरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउन माग गर्दै रवि लामिछानेविरुद्ध उजूरी

काठमाडौं, १९ मंसिर। लोकप्रीयताको चुलीमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजूरी परेको छ। नागरिकता विवादमा परेका लामिछानेविरुद्ध निर्वाचन आयोगमा पार्टीको साधारण सदस्यता खारेजको माग गर्दै उजूरी परेको हो।

लामिछानेको नागरिकता वैध नभएकोले राजनीतिक दल खोल्ने, साधारण सदस्य हुन या पदमा बस्न नमिल्ने जिकिर गर्दै आयोगमा उजूरी परेको हो । आयोगले वैध नागरिकता नभएका व्यक्तिको सभापतित्वमो दल दर्ता गरेर त्रुटी गरेको दाबी गरिएको छ।

उजूरीमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछानेको साधारण सदस्यता समेत नरहने गरी हटाउन निर्देशनको माग गरिएको छ। पछिल्लो समय लामिछानेको नागरिकता विवादमा परेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);