साविक विजेता फ्रान्स क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं । पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार स्ट्राइकर ओलिभर जिरौउडले सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भए । उनले थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान भंग गरेका थिए । दोहास्थित अल थुमामा मैदानमा जिरौउडले एक गोल गर्दा युवा स्ट्राइकर केलियन एम्बाप्पेले दुईगोल गरेका थिए । जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता भएका छन् । उनको नाममा पाँच गोल भएको छ ।

७५औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता २–० को पारे ।  एमबाप्पेले इन्जुरी समयको पहिलो मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमा एक गोल फर्काएका थिए । लेवान्डोस्कीले जारी विश्वकपमा दोस्रो गोल हो । यदपि, पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply