जुम्ला (ख) मा एमालेका पछाई विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जुम्ला (ख) मा एमालेका पछाई विजयी

जुम्ला। जुम्ला प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायालाई ११ सय १२ मतले पराजित गरे ।  २० हजार ६ सय २८ मत खसेकोमा एमालेका पछाईले ७८२७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । रोकायले ६७१५ मत प्राप्त गरे ।

एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्जसमेत रहेका रोकाया कांग्रेस-माओवादीको साथ रहँदा पनि पराजित बने । नेता पछाई एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);