लमजुङ। निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका- २ स्थित महेन्द्र मन्दिर मावि परेवाडाँडा ‘क’ केन्द्रबाट मतदान गरेकी हुन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बिहान ७ बजेबाट जिल्लाका सबै मतदान केन्द्रबाट मतदान सुरु भएको बताए । लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र थप भएसंगै १ सय ३० वटा मतदानस्थलमा १ सय ८८ वटा मतदान केन्द्र छन् ।
जिल्लामा १ लाख ३३ हजार ५ सय ५९ मतदाता छन् । यसमा महिला ६८ हजार २ सय ८८ र पुरुष ६५ हजार २ सय ७१ मतदाता रहेका छन् ।